पहिरो पीडित भेट्न प्रदेश तथा केन्द्रिय सांसद दुप्चेश्वरमा
नुवाकोट,साउन १०। गत बुधबार गएको पहिरोका पीडित भेट्न जिल्लाका निर्वाचित प्रदेश तथा केन्द्रिय सांसद दुप्चेश्वर गाउँपालिका पुगेका छन् । आइतबार जिल्लास्थित दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेंसीका पहिरो पीडित भेट्न नेताकार्यकर्ताहरु त्यहाँ पुगेका हुन।
आइतबार स्थलगत अवलोकन र पहिरो पीडितलाई भेट्न पुगेका नुवाकोटका जनप्रतिनिधिहरुमा संघीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ,वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डे, प्रदेशसभा सदस्य बद्री मैनाली लगायत नेताकार्यकर्ताहरु थिए ।
आइतबारनै माओवादी केन्द्र दुप्चेश्वर गाउँपालिका संगठन समिति र नेकपा एमाले नुवाकोटले पीडितलाई जस्तापाता प्रदान गरिएको छ । त्यस्तै उपसभामुख राधिका तामाङले अस्थायी व्यवस्थापनका लागि प्रदेश सरकारबाट २५ हजार उपलब्ध गराइने बताइएको छ।