छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पहिरो गयो, सडक अवरुद्ध



नुवाकोट, साउन १० । नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पहिरो गएको छ।

गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट केहि दिनयता निरन्तर खसेको पहिरोका कारण सडक अवरुद्ध भएको गुर्जे अस्थायी प्रहरी पोस्टका असई बिचारी श्रेष्ठले बताए।

श्रेष्ठले साझापथसंग कुरा गर्दै भने- ‘हामीले आइतबार अबेरसम्म मोटरसाइकलसम्म ओहोरदोहोर गरायौं, तर ठूला सवारीसाधन बस, टिप्परलाई आवातजावत गराउन सकिने ठाउँ छैन।’ रात परेपछि थप वर्षा भैरहेकाले निरन्तर खसिरहेको पहिरोले जोखिम निम्त्याउने श्रेष्ठले बताए।

यता वाग्मती प्रदेश उपसभामुख सचिवालयले समेत ठुलो ढुङ्गासहित पहिरो झरिरहेकाले सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ। उपसभामुख सचिवालयकी एलिसा थापाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सावधानी अपनाउन आग्रह गरेकी हुन।

प्रतिक्रिया दिनुहोस्