वर्तमान गठबन्धनको सरकार असैद्धान्तिक हो : प्रदीप ज्ञवाली
गुल्मी,साउन १० । नेकपा एमालेका सचिव एबम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले बर्तमान गठबन्धनको सरकार अशैद्धान्तिक भएकाले देश र जनताको हितमा काम गर्ने एजेन्डा नै नभएको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले बर्तमान गठबन्धनको सरकारमा सरकारको देश र जनता प्रति काम गर्ने एजेन्डा नै नभएको बताए ।
ज्ञवालीले जनादेशबाट गठन भएको केपीशर्मा ओली नेतृत्वको सरकारलाई सर्बोच्च अदालतको परमादेशबाट देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैर राजनितिक क्रियाकलाप भएको बताए । सर्बोच्चको फैसलालाई स्विकार गरे पनि आफूहरुको असहमति रहेको उनको तर्क छ ।
सर्बोच्चको फैसलाले आधारभुत संरचनाहरुलाई पनि खलबल्ल्याएको ज्ञवालीको भनाई छ । राजनितिक संकटलाई राजनितिक दलबाटै समाधान खोजिनु पर्नेमा त्यस नहुनु दुखद पक्ष रहेको ज्ञवालीले बताए । उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिएको बताए ।
माधब समहूले गरेका गल्तीहरु हेर्दा पानी खाने ठाउँपनि नराखेको उल्लेख गरे । उनले एमालेलाई एक ढिक्का बनाएर लैजानका लागि हालसम्मका सबै गल्तीहरुलाई माफ दिएको बताए । एमाले नेतृत्वको सरकारलाई ढालेर काँग्रेसलाई सत्ता सुम्पिनका लागि माधब समुह लाग्नु अलोक्तान्त्रिक र विडम्बना भएको उनको तर्क छ ।
केही समुह र ब्यक्तिगत स्वार्थका कारण एमालेमा यस्तो अबस्था आएको ज्ञवालीले बताए । ज्ञवालीले यस अगाडी केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको मन छुने र बिकासका कामहरु गरेको दाबी गरे । वर्तमान सरकारले एमाले पार्टी फुटाउनका लागि अध्यादेश ल्याउन सक्ने भन्दै त्यो सफल नहुने पनि दाबी गरे । एमाले भित्रैका केही ब्याक्ति र समुहको निजी स्वार्थका कारण पनि अन्य पार्टीहरु खेल्ने ठाउँ पाएको उनको भनाई छ ।