नुवाकोटमा थप १० दिन निषेधाज्ञा थपियो
नुवाकोट,साउन १० । जिल्लामा थप १० दिन निषेधाज्ञा थपिएको छ ।
पछिल्लो दिनयता जिल्लामा कोरोना संक्रमण वृद्धि भैरहेकाले निषेधाज्ञा समयावधि १० दिनसम्म थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदै थियो ।
डिसिसिएमसीको आईतवार बसेको बैठकले साउन २० गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि काम गर्न तथा भिडभाडजन्य गतिविधि नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले अनुरोध गरे ।यद्यपि नुवाकोटमा भने विद्यालय बाहेक सार्वजनिक यातायातका साधन, पसल, होटल निर्वाध सञ्चालनमा रहेका छन् ।