बाजुरामा करेन्ट लागेर २ घोडा मरे
बाजुरा,साउन ९ । जिल्लाकाे गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर दुई घोडाको मरेका छन् । आज विहाना वालुवा बोकेर बडीमालिका नगरपालिका–२ को मैमातोलाबाट आउने क्रममा घट्मुना बजारको जीप पार्किङ्ग गर्ने स्थानमा करेन्ट लागेर मरेका हुन ।
सिमधारा लघु जलविद्युत आयोजनाको विद्युत लाईन रहेको उक्त स्थानमा विद्युतको पोलमा रहको सपोर्टका लागि दिईएको तारमा विद्युत चुहावट भई एकाएक करेन्ट लागेको ईलाका प्रहरी कार्यालय गौमुल जनाएको छ । घोडाहरु गौमुल गाउँपालिका–६ सटेडाका जगत रोकायाका रहेका छन् ।
वालुवा बोकेर घोडाहरु ल्याउने क्रममा एक्कासी करेन्ट लागेर घटना स्थलमै घोडाहरु मरेकोे ईलाकाप्रहरी कार्यालय गौमुलका प्रहरी नायव निरीक्षक मदनसिंह धामीले जानकारी दिए ।
घोडाहरुद्धारा भारी बोकेर जीविकोपार्जेन गर्ने गरेका जगत रोकायाको करिव १ लाख बराबरको क्षति भएको छ । घटना स्थलमा मानवीय क्षति हुनबाट भने बचेको छ ।
यता सिमधारा लघु जलविद्युत आयोजनाले भने उपभोक्ताहरुले गाउँघरमा कतै रुख विरुवाहरु तारमा लागेको र पोलकातारहरु भुईमा लाग्ने समस्या भए तत्काल खबर गर्न आग्रह गरेको छ ।