गुरु गुरुपूर्णिमा फोटोपत्रकारहरु योग सिक्दै
काठमाडौँ,साउन ९ ।राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित योग कार्यक्रम सम्पन्न भएको छ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइने चलन छ । यसै अवसर पारेर फोटोपत्रकारहरुलाई लक्षित गरि फोटोपत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटोपत्रकार समूहले स्वास्थलाई ध्यानमा राखेर उक्त कार्यक्रम आयोजना गरेको सस्थाका महासचिव प्रदिपराज वन्तले वताए ।
गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्ने मुलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटलमा २० जना फोटोपत्रकारहरुलाई १ घण्टाको योग अभ्यास सिकाएका थिए । उक्त अवसरमा पत्रकारहरुलाई नसा, स्वास प्रस्वास तथा मुटुको लागि उपयुक्त हुने पाँच प्रकारका आसन प्रशिक्षण गरेका थिए। उक्त योगले कोरोनावाट सुरक्षीत राख्न मद्धत पुग्ने कुरा गुरु रिम्पोछेले बताए ।
‘