मलेसियाबाट आइपुग्यो एकैदिन २४ शव र तीन वटा अस्तु
काठमाडौ,साउन ९ । मलेसियाबाट एकै दिन २४ शव र तीन वटा अस्तु आइपुगेको छ ।
मलेसियामा विभिन्न समयमा रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव शनिबार बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।