जोनसन एण्ड जोनसन कोरोना खोप लगाएका धादिङका एक वृद्धको मृत्यु
काठमाडौं,साउन ८ । जोनसन एण्ड जोनसन कोरोना खोप लगाएका धादिङका एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् । ती बृद्धको कोरोना खोप जोनसन एण्ड जोनसन लगाएको झण्डै सवा दुई घण्टामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।
शुक्रबार बिहान ११ बजेतिर खोप लगाएका उनको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा २:१५ बजे मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए। वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।