काठमाडौंमा भूकम्पको धक्का महशुस



काठमाडौं, साउन ८ । काठमाडौंमा शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ ।

विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्