एडीबीद्वारा कोरोना खोप किन्न नेपाललाई २० अर्ब ऋण सहायता
काठमाडौं,साउन ८ । एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करीब २० अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ ।
नेपालमा कोरोना खोप अभियान सञ्चालन तथा आपूर्ति प्रणालीमा सहयोग पुरयाउन उक्त रकम प्रभावकारी एडीबीले बिहीवार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।एडीबीले उक्त रकमबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने बताएको छ ।
ऋण सहायता दिने निर्णयपछि बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन नेपालका निम्ति खोप उपयोगी हुने बताएका छन् । उनले नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न खोप अपरिहार्य रहेको पनि बताएका छन् ।आर्थिक अभियानबाट