खोपको प्रमाणपत्र लिन युवाहरुको टेकु अस्पतालमा ठेलमठेल



काठमाडौं, साउन ७ । खोपको प्रमाणपत्र लिन युवाहरुको टेकु अस्पतालमा भीड लागेको छ। कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका युवाहरुको टेकु अस्पतालमा भीड लागेको हो।

खाडी मुलुकहरुले क्युआर कोड सहितको खोप प्रमाणपत्रलाई मात्र मान्यता दिने भनेसँगै वैदेशिक रोजगारीमा जाने युवाहरुको प्रमाणपत्र लिन अस्पतालमा होडबाजी चलेको हो ।

कोरोना महामारीका समयमा समेत अस्पतालमा बिहीबार रातिदेखि लाइन लागेका युवाहरुको ठेलमठेल लागेको छ। १८ वर्ष माथिका नागरिकलाई सो प्रमाणपत्र दिइरहेकोले समेत अस्पतालमा भीड नियन्त्रण गर्न गाह्रो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्