नुवाकोट दुप्चेश्वर पहिरो पीडितलाई माओवादी केन्द्रको आर्थिक सहयोग



नुवाकोट,साउन ७ । दुप्चेश्वर गाउँपालिका वाड नम्बर ७ का पहिरो पीडितलाई माओवादी केन्द्र दुप्चेश्वरले आर्थिक सहयोग गरेको छ।

बुधबार बिहान ९:४५ बजे गएको पहिरोमा परी गाउँपालिकाको वडा नम्बर ७ को पहरो मुनि भन्ने ठाउँमा स्थानीय रामचन्द्र नेपाली, विष्णु नेपाली र शान्ता दमाईको घर पुरिएको थियो । पहिरो पीडित तीनैजनालाई माओवादी केन्द्र दुप्चेश्वरले जनही १० हजार आर्थिक सहयोग गरेको माओवादी केन्द्र दुप्चेश्वरले जनाएको छ।

माओवादी केन्द्र दुप्चेश्वरका कार्यबाहक सचिव शंकरबहादुर थापाका अनुसार पहिरोको जोखिममा परेकालाई भने रुपैयाँ ५ हजार प्रदान गरिएको छ।पहिरोमा परी गम्भीर घाइते बिष्णु नेपालीकी १६ वर्षीया छोरी अस्मिता नेपालीको सिघ्र स्वास्थ्य लाभको कामना समेत केन्द्रले गरेको छ।

प्रतिक्रिया दिनुहोस्