जिल्ला प्रशासन नुवाकोटले दियो सार्वजनिक यातायात सञ्चालनको अनुमति
नुवाकोट,साउन ७ । जिल्ला प्रशासन नुवाकोटले सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको छ।
व्यवसायीहरुलाई सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनको अनुमति दिएसंगै गत वैशाख २१ देखि बन्द रहेको लामो तथा छोटो दुरीको बसहरु निर्वाध सञ्चालनमा आउने भएका हुन।
सवारीसाधन सञ्चालन सम्बन्धि बिहीबार जिल्ला प्रशासन कार्यालय नुवाकोटद्वारा जारी सूचनामा भनिएको छ-‘ विविध शैक्षिक तहका परीक्षा संचालनका निम्ति परिक्षा तालिका सार्वजनिक भएकाले परीक्षार्थीको आवागमन सहजीकरणका लागि लामो तथा छोटो दुरीका यातायातका साधन सञ्चालन गरि सहयोग पुर्याइदिने भन्ने गृह मन्त्रालयको परिपत्र र मन्त्रीस्तरीय निर्णय अनुसार जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ।’
यद्यपि प्रशासनको सूचना पूर्वनै नुवाकोटका लामो तथा छोटो दुरीका यातायात भने सञ्चालनमा आइसकेका छन् ।
प्रशासनद्वारा जारी सूचना;-