गोलीको खोकासहित युवकको शव फेला
काठमाडौ,साउन ७ । चितवनको भरतपुरमा गोलीको खोकासहित एक युवकको शव फेला परेको छ।शंकास्पद अवस्थामा भेटिएको ती युवकको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा फेला परेको हो।
अन्दाजी २२–२२ वर्षका ती युवकको डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भने हालसम्म नभएको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको छ । साथै, घटनास्थलमा एक थान गोलीको खोकासमेत भेटिएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।