नेपालगञ्जका तीन युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु



नेपालगन्ज,साउन ६ । नेपालगञ्जका तीन युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। बाँकेस्थित कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन युवाको मृत्यु भएको हो ।

इलाका प्रहरी कोहलपुरले जनाए अनुसार बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा तीन युवाको मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका छन् । उद्धार गरिएकामा उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढ रहेका छन् । ती युवाहरू इद मनाउन भेला भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्