काठमाण्डाैमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप दिइने



काठमाण्डाै,साउन ६ । काठमाण्डाैमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप दिइने भएको छ।

तुलनात्मक रुपमा काठमाण्डाैमा सोचेभन्दा कमले खोप लगाएको र खोप बाकी रहने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

अहिले खोप लगाउनका लागि काठमाण्डाैका ४४ वटा खोप केन्द्रमा भिड रहेको छ । उनले खोप भोलि बिहीवारसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए । पछिल्लो समय जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम लगाएको हुन सक्ने आकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्