आज सार्वजनिक बिदा



काठमाडौ,साउन ६ । सरकारले आज बुधबार बकर इदको सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्