नुवाकोटको पञ्चकन्या र शिवपुरीका ६२० जनाले लगाए कोरोना खोप
नुवाकोट,साउन ५ । नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिकाका ६२० जना नागरिकले कोरोना खोप लगाएका छन् । मंगलबार शिवपुरीका आठै वटा वडा र पञ्चकन्या गाउँपालिकाको ५ वटा वडाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको हो।
५५ वर्ष माथि उमेर समूहका नागरिकलाई लगाइएको भेरोसेल खोप अन्तर्गत शिवपुरी गाउँपालिकाका ३५० जना र पञ्चकन्या गाउँपालिकाका २७० जना गरी कुल ६२० जना नागरिकलाई कोरोना खोप लगाइएको सम्बन्धित पालिकाका स्वास्थ्य प्रमुखहरुले जनाएका छन् ।
शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्धव कार्कीका अनुसार छुटेका तथा ५० देखि ५४ वर्ष उमेरसमूहका अन्य नागरिकलाई तत्काल केही दिनमै अर्को चरण अन्तर्गत खोप लगाउने कार्यक्रम रहेको बताए। भेरोसेल खोप दुई मात्रा लगाउनुपर्ने भएकाले अर्को मात्रा आगामी तीन साताभित्र लगाइने शिवपुरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।