हेटौंडामा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौ,साउन ५ । हेटौंडामा कोरोना भाइरस संक्रमणका कारण एकैदिन थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा अस्पालमा उपचाररत् थप ३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का ५५ वर्षीय पुरुष, हेटौंडा–४ का ५२ वर्षीय पुरुष र हेटौंडा–१५ का ५४ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

यससंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्