विषाक्त मदिरा पिउँदा बागलुङमा चारको मृत्यु, दुई गम्भीर



बागलुङ,साउन ५ । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन् । विषाक्त मदिरा पिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।

मृत्यु भएकाहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । जीवित दुई जनाको डाइलासिस कक्षमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ। मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्