किस्पाङ गाउँ पालिकाले दियो त्रिशुली अस्पताललाई १० लाख
नुवाकोट,साउन ४ । जिल्लाको किस्पाङ गाउँपालिकाले त्रिशुली अस्पताललाई १० लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।
नुवाकोटमा कोरोना संक्रमणको तेस्रो भेरिएन्ट पुष्टि भएसँगै बालबालिकाहरुका लागि छुट्टै आइसियु कक्ष निर्माणार्थ किस्पाङ गाँउपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको हो । यसअघि किस्पाङ गाँउपालिकाले त्रिशुली अस्पतालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियोे। सोही अनुरुप गाँउपालिकाले हाल अस्पताल विकास समितिलाई १० लाख रुपैयाँ प्रदान गरेको किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।
त्रिशुली अस्पतालमा हाल २० कक्षको आइसियु वार्ड रहेको छ । कोरोना संक्रमण वृद्धिसंगै अस्पताललाई थप उपकरण खरिद तथा नयाँ आइसियु कक्ष स्थापनाको लागी रकम अभाव रहदै आएको अस्पताल श्रोतले जनाएको छ । सिमित श्रोत तथा साधन रहेको ५० शय्याको त्रिशुली अस्पतालले अहिले ७० कक्षको कोभिड वार्ड सञ्चालन गर्दै आएको छ ।यसका साथै थप ५० बेडको जनरल वार्ड समेत सञ्चालन गर्दै आएको त्रिशुली अस्पताल बिाकस समितिका अध्यष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।
कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारको लागि अस्पतालले उल्लेखनीय भुमिका खेलेको हुदाँ प्रोत्साहनस्वरुप र कार्यसम्पादनमा सहजताका लागी किस्पाङ गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट सहयोग गरेको गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले बताए । प्रमुख लामाको नेतृत्वमा किस्पाङ गाउँपालिकामा कोरोनाको संभावित जोखिम न्युनिकरणका लागी ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन केन्द्रको व्यवस्थापन गरिएको छ ।