परपुरुषसँग बोलेको भन्दै बझाङमा एक ब्यक्तिले काटे श्रीमतीको कान



बझाङ,साउन ४ । जिल्लामा एक व्यक्तिले आफ्नै श्रीमतीको कान काटेका छन् त्यो पनि आफ्नै श्रीमतीको। घटना अनुसार कान काट्ने ब्यक्ति जयपृथ्वी नगरपालिका १ भण्डारगाउँका २५ वर्षीय मनोज नेपाली रहेका छन् ।

उनले परपुरुषसँग बोलेको भन्दै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेका हुन् । नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

श्रीमतीको कान काटेपछि फररार रहेका मनोजलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु विवाह गरेको केही महिनादेखि नै झगडा गरिरहेका थिए ।

गत असार ३० गते अर्कै एक व्यक्तिसँग बोलेको भन्दै मनोजले जानकीको कान चक्कुले काटेका थिए । घाइते भएकी जानकीको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्