नुवाकोटको त्रिशुली अस्पतालमा अत्याधुनिक ईको मसिन जडान



नुवाकोट,साउन ३ । जिल्लाको त्रिशुली अस्पतालमा आइतबार अत्याधुनिक ईको मसिन जडान गरिएको छ ।

केही महिना अघिबाट स्कीनिङ ईको मात्रै हुँदै आएको अस्पतालमा अत्याधुनिक ईको मसिन जडान गरिएको त्रिशुली अस्पतालले जनाएको छ। यससँगै हृदयघातको प्रारम्भिक औषधी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर दिपेन्द्र पाण्डेका अनुसार अस्पतालमा यसअघि स्कीनिङ ईको मात्रै हुँदै आएकोमा अत्याधुनिक ईको मसिन जडान भएसँगै अस्पतालमा मुटुका विरामीको सबै भिडियो एक्स रे गर्न र मुटु रोगका विरामीहरुको समय र पैसा दुबैको बचत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्