कपिलवस्तुको महाराजगन्जका गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा



कपिलवस्तु,साउन ३ । जिल्लाको महाराजगंज नगरपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।नगरपालिका भित्र रहेका गर्भवती महिलाहरुको सेवाका लागि निशुल्क अल्ट्रासाउण्ड  सेवा शुरु गरिएको  नगरपालिकाले जनाएको छ ।महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवती महिलाले निशुल्क रुपमा अल्ट्रासाउण्ड  सेवा  लिन सक्नेछन।यस कार्यक्रमलाई प्रत्येक महिनामा सबै स्वास्थ्य संस्थाहरुमा घुम्ती सेवा प्रदान गरिने बताउनु भयो ।  नगर प्रमुख कलामले एक कार्यक्रमबाट अल्ट्रासाउण्ड सेवा आरम्भ गर्नुभयो।  यो काम महाराजगंज नगरपालिकाको नगरवासीहरुको लागि ठुलो उपलब्धीको रुपमा रहेको उहाँको दावी छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने नगर प्रमुख कलामले प्रतिबद्धता जनाउनु भयो ।

महाराजगंज नगरपालिकामा ५० सैया अस्पताल निर्माणको लागि आवश्यक पहल भईरहेको कलाम बताउनु भयो । गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड सेवाबाट हुने फाईदा सम्बन्धी महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रका अनमी पदमा कुमारी रानाले जानकारी गराउनु भएको थियो ।

‘स्वास्थ्य जिवनको आधार, महाराजगंजको सरोकार’ भन्ने मुल नाराको साथ नगरपालिकाले स्वास्थ्य सम्बन्धी बिभिन्न प्रकार लोकप्रिय कार्यक्रमहरु संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो । नगरपालिकाले मधुमेह र सुगरका बिरामीहरुको लागि निस्शुल्क औषधी बितरण गर्ने कार्यक्रमको शुरुवात भई सकेको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिनु भयो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले अल्ट्रासाउण्डका लागि आवास्यक उपकरण सहयोग गरेको हो।

यस कार्यक्रमलाई प्रत्येक महिनामा सबै स्वास्थ्य संस्थाहरुमा घुम्ती सेवा प्रदान गरिने बताउनु भयो ।
महाराजगंज नगरपालिका वडा नं १ को वडा अध्यक्ष शिवप्रसाद बनियाको अध्यक्षता नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलको बिशिष्ट अतिथ्यतमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्