माधव नेपालको साथ विनै देउवालाई बहुमत पुग्ने
काठमाडौं, साउन ३ । माधव नेपालको साथ विनै प्रधानमन्त्री सेरबहादुर देउवालाई बहुमत पुग्ने देखिएको छ। राजनीतिक नयाँ घटनाक्रमले यो पुष्टि गरेको श्रोतले जनाएको छ। एमालेमा मत बाझिएपनि फुटिसकेको जनता समाजवादी पार्टी भने जोडिने अवस्था निर्माण भएको हो ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षधरले देउवालाई विश्वासको मत दिने भएका छन् । यसले देउवाको पक्षमा स्पष्ट बहुमत प्राप्त हुने भएको छ । उनले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदको साथ विना नै विश्वासको मत पाउने भएका हुन् ।
अब देउवाले काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३२, नेकपा एमालेको माधवकुमार नेपाल पक्षधरको २० भन्दा बढी, जनमोर्चा नेपालको १ सांसदबाट मत पाउने देखिएको हो ।