सांसद पदबाट भीम रावलले दिए राजीनामा
काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
सांसद रावलले आइतबार पदबाट राजीनामा घोषणा गरेका हुन्। उनले पदबाट राजीनामा दिएको जानकारी समेत दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि रावलले राजीनामा घोषणा गरेका हुन् ।
अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।