संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज
काठमाडौँ,साउन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।
यसअघि ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो।