कोरोना संक्रमणबाट नुवाकोटमा थप एक संक्रमितको मृत्यु
नुवाकोट,साउन ३ । कोरोना संक्रमणबाट त्रिशुली अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर ३ घर भएका ८० वर्षीय पुरुष रहेको त्रिशुली अस्पतालले जनाएको छ।
यससंगै नुवाकोटको त्रिशुली अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ जना पुगेको अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलले जनाएका छन् ।
अस्पतालद्वारा जारी विज्ञप्ती