एमाले स्थायी कमिटीले गर्यो यस्तो निर्णय,देउवालाई मत दिने पार्टीमा नरहने



काठमाडौ,साउन ३ । नेकपा एमालेस्थायी कमिटीको निर्णय बाहिरिएको छ। कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन्,’ उनले भने ।

प्रधानमन्त्री देउवाले आज संसदबाट विश्वासको मत लिँदै छन् । उनलाई विश्वासको मत दिने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्