नुवाकोटमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त
नुवाकोट,साउन २ । नुवाकोटमा बितेको २४ घण्टामा ४८ जनाले कोरोना जित्न सफल भएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटले दिएको तथ्यांकअनुसार २४ घण्टा समयावधिमा जिल्लामा ४८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका हुन।योसंगै जिल्लामा कोरोना निको हुनेको संख्या ५ हजार ५ सय ५३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २९ जना कोरोना संक्रमित थपिएका छन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार ३७ जनाको पिसिआर र २३ जनाको एन्टीजेन परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार एकसय ६६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका १२ जना रहेका छन् । यस्तै तारकेश्वर गाउँपालिकामा ९ जना कोरोना संक्रमित भेटिँदा बेलकोटगढी नगरपालिकामा ३ जना संक्रमित भेटिएका छन् ।
यस्तै ककनी र तादी गाउँपालिकामा समान २/२ जना कोरोना थपिदा पन्चकन्या गाउँपालिकामा एकजना संक्रमित भेटिएका छन् ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २९ हजार ७ सय ९९ जनाको पिसिआर परिक्षण गरिएको छ ।