सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँः अध्यक्ष ओली
काठमाडौं,साउन २ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएको बताएका छन् । शनिबार जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सरकारबाट आफू बाहिरिएपछि आराम गर्ने अवसर पाएको जसपाका एक नेताले बताए ।
उनले सरकारबाट बाहिरिएपछि पहिलोपटक जसपाका नेताहरूले भेट गरेका हुन् । भेटमा राजनीतिक वार्ता नभएको र केही दिनमै छुट्टै राजनीतिक विषयमा छलफल गरिने र सहकार्य जारी राख्ने विषयमा कुराकानी भएको उल्लेख छ ।
शनिबार सामान्य छलफल भएको र अब केही दिनमै राजनीतिक भेटवार्ता हुने पनि उनले बताए । ओलीलाई भेट्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बालकोट पुगेका थिए । भोलिदेखि प्रतिनिधिसभाको अधिवेशन बोलाइएका कारण संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि जसपा र ओलीबीच छलफल भएको छ ।
जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।