मनसुन थप सक्रिय, साउन ५ सम्म बाढीको खतरा



काठमाडौँ,साउन २ । नेपालमा शनिवारदेखि पुनः मनसुन सक्रिय बनेको छ । मनसुनी वायुका कारण देशभर वर्षाको मात्रा बढ्ने भएकाले मौसम विदहरुले चासो जनाएका छन् ।

देशका केही ठुला नदीहरूमा शनिबारदेखि यही साउन ५ गतेसम्म पानीको वहाब उल्लेख्य बढ्न सक्ने पूर्वानुमान समेत मौसम विभागले गरेको छ । महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबईलगायत नदीमा बहाव उल्लेख्य बढ्ने जनाइएको छ । केही नदीमा जल सतहले सतर्कता तह पार गर्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त अवधिमा नारायणी र कोशिका सहायक नदीहरू काली गण्डकी, मर्स्याङ्दी, बूढी गण्डकी, त्रिशूली, सुनकोसी, भोटेकोसी, तामाकोसी, अरुण, तमोरलगायत नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ । उक्त अवधिभर नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्