कोरोनाको ग्राफ फेरि उकालो लाग्यो
काठमाडौं, साउन २ । कोरोनाको ग्राफ फेरि उकालो लागेको छ। कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेसंगै ग्राफ उकालो लागेको हो । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ ।
तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।