रसुवामा निषेधाज्ञा १० दिन थपियो
रसुवा,साउन २ । रसुवामा थप १० निषेधाज्ञा थपिएको छ ।
जिल्लामा कोरोना संक्रमितको बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी १० दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजेबाट सकिएको थियो । डिसिसिएमसीको शुक्रबार बसेको बैठकले साउन १० गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
निषेधाज्ञाको समय थप गरिएको भएपनि पसल व्यवसाय सञ्चालन गर्न पाइने छ भने जिल्ला भित्र सवारी साधन समेत सञ्चालन गर्न पाइने छ ।