ककनी गाँउपालिकाको प्रशासनिक भवन शिलान्यास



नुवाकोट,साउन १ । जिल्लाको ककनी गाँउपालिकाले प्रशासनिक भवनको शिलान्यास गरेको छ । कुल ९ करोड ५ लाख लागत रहेको सो भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिलान्यास गरेका हुन। भवन शिलान्यास गर्दै नेता तामाङले स्थानिय तहलाई थप विकसित गर्ने क्रममा गाउँपालिका एक कदम अगाडि बढेको बताए ।  

गाँउपालिकाको वडा नम्बर ४ स्थित रानिपौवा स्वास्थ्य कार्यालय नजिकै बन्ने प्रशासनिक भवनको शिलान्यास समारोहमा गाँउपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, ४ नम्बर वडाका अध्यक्ष दिपेश तामाङ लगायत स्थानीय जनप्रतिनिधि,राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो।

भवन निर्माणको लागि गाँउपालिकाले गाँउसभाबाट बजेट सुनिस्चित गर्दै निर्माण कार्य अगाडी बढाइएको ककनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र नेपालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्