काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
काठमाडौं, साउन १ । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। काठमाडौ उपत्यकामा असार २९ जारी कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको हो ।
विज्ञप्ती जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय काठमाडौले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएकोले शनिबार हुने भनिएको खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाण्डौले जारी गरेको विज्ञप्तिमा साउन २ गते शनिबारसम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात सकिएकाले भोलीका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको उल्लेख छ ।