एकता कार्यदल भंग गर्ने स्थायी कमिटीको निर्णय



काठमाडौँ,साउन १ । एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदल बिघटन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन गरेको हो।

शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिस्ठान च्यासलमा बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ।एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने जानकारी दिएका छन् । उनले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने जानकारी दिएका हुन्।

त्यस्तै आजको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरुले बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहो¥याउँदै बैठक जारी राखेपछि नेपाल पक्षका नेताहरु बैठक छोडेर बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्