नुवाकोटमा साउन १० गतेसम्म लकडाउन थपियो
नुवाकोट,साउन १ । नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १० गतेसम्मका लागि थपिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी सूचनामा कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोटमा आज साउन १ गते राती १२ बजेदेखि साउन १० गते राती १२ बजेसम्म निषेधाज्ञा समय थप गरिएको छ ।
जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा एकसाताका लागि थप गरिएको जनाएको छ ।
कोभिड व्यवस्थापन अध्यायदेश २०७८ र सङ्क्रमण रोग एन २०२० बमोजिम अत्यावश्यक कार्य बाहेकका कार्य गर्न निषेध गरेको छ ।