देउवा सरकारलाई एमालेले विश्वासको मत नदिने
काठमाडौं,साउन १ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई नेकपा एमालेले समर्थन तथा विश्वासको मत समेत नदिने निर्णय गरेको छ ।
बुधबार बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।
बैठक लगत्तै सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने समेत बताए।