लुम्बिनी प्रदेशमा अध्यादेशमार्फत् बजेट
बुटवल,साउन १ । लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले अध्यादेशमार्फत् बजेट ल्याउने निर्णय गरेको हो । यसबारे प्रदेश सरकारले दिउँसो पत्रकार सम्मेलन आयोजना गरी विस्तृत जानकारी गराउने बताइएको छ।
सरकारले प्रदेश सभामा प्रस्तुत गरेकोे बजेटलाई नै अध्यादेशमार्फत जस्ताको त्यस्तै ल्याइएको बताइएको छ । सरकार प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्येरातमा अधिवेशन अन्त्य गरेको थियो ।