बिबिसी नुवाकोटका संवाददाता शक्तिमाया तामाङलाई कृष्णमाया लिलानाथ स्मृति पुरस्कार प्रदान गरिने



नुवाकोट,साउन १ । झन्डै एक दशक यता नुवाकोटमा स्वतन्त्र पत्रकारिता गर्दै आएकी बिबिसी नेपाली सेवा नुवाकोट संवाददाता एवं पत्रकार शक्तिमाया तामाङलाई कृष्णमाया लिलानाथ स्मृति पुरस्कार प्रदान गरिने तयारी गरिएको छ। जिल्ला तहमा रही विविध खोजमुलक समाचार लेखन तथा सम्प्रेषण गरेबापत पत्रकार तामाङलाई यहि साउन ६ गते कृष्णमाया लिलानाथ स्मृति पुरस्कार-२०७८, सम्मान पत्र र नगद रुपैया २५ हजारसहित सम्मान गर्न लागिएको हो ।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश कमिटी अध्यक्ष एवं नुवाकोट जागरण साप्ताहिकका प्रकाशक,सम्पादक शिव देवकोटाले नुवाकोट जागरण साप्ताहिकको वार्षिकोत्सबको अवसरमा पत्रकार तामाङलाई उक्त पुरस्कार प्रदान गर्न लागेको जनाएका छन् ।

नुवाकोट जिल्ला,म्यगाङ गाउँपालिका वडा नं.६ पनेराका वासिन्दा,बिबिसी नेपाली सेवा,नुवाकोट संवाददाता एवं पत्रकार शक्तिमाया तामाङले विभिन्न पुरस्कार,सम्मान,तामाङ मिडिया अवार्ड-२०७४,महिला पत्रकारिता पुरस्कार-२०७७ बाट विभूषित भएकी छिन् ।

पत्रकार तामाङ बिबिसी नेपाली सेवा,आदिवासी जनजाति पत्रकार संघ नुवाकोट जिल्ला अध्यक्ष तथा तामाङ पत्रकार संघ नुवाकोटको जिल्ला अध्यक्षसमेत हुन ।

प्रतिक्रिया दिनुहोस्