नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनीयताको सपथ



काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई आजै राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ दिलाएकी हुन।

विसं २००३ जेठ ३१ गते असिग्रााम रुवाखोलामा, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरामा जन्मिएका देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका हुन। विसं २०२२ सालबाट कांग्रेसमा आवद्ध भएका देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । यसबीचमा उनी २०२७ सालमा नेविसंघको संस्थापक सदस्य, २०४८ सालमा डडेलधुराबाट सांसद निर्वाचित, २०४८ मै कांग्रेस सरकारमा गृहमन्त्री र २०५१ सालमा संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।

यसैगरी २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको देउवालाई २०५९ असोज १८ गते राजा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाएका थिए । २०५९ असारमा कांग्रेस प्रजातान्त्रिक गठन र सभापति भएका देउवा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । तेस्रो पटक प्रधानमन्त्री भएका देउवालाइ नौ महिनामा नै प्रधानमन्त्रीबाट हटाइको थियो । त्यसपछि २०६४ मा कांग्रेस एकीकरणपछि वरिष्ठ नेता, २०७२ मा कांग्रेस सभापति, २०७३ मा कांग्रेस संसदीय दलको नेता भएका थिए । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री भएका देउवा २०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन ।

प्रतिक्रिया दिनुहोस्