टोखाका विभिन्न तीन स्वास्थ्य केन्द्रमा भोलीदेखि कोरोना खोप
काठमाडौ,असार २९ । टोखा नगरपालिकाका विभिन्न तीन स्वास्थ्य केन्द्रमा भोलिदेखि कोरोना खोप लगाइने भएको छ।
टोखा नगरपालिकाको टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्र, ग्राण्डी अस्पताल र अल नेपाल अस्पतालमा कोरोनाको खोप लगाइने टोखा नगर स्वास्थ्य शाखाका सन्तोष कुँवरले बताए।
बुधबार असार ३०गतेदेखि श्रावण २ गतेसम्म दिइने भेरोसेल खोप ५५ वर्षदेखि माथि उमेर समुहका नागरिकलाई दिइनेछ। त्यस्तै यातायातका चालक-सहचालक, शिक्षक-शिक्षिका, स्वास्थ्यकर्मी, छुटेका जनप्रतिनिधिहरुलाई समेत खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ।
खोपका लागि पहिचान खुल्ने सम्बन्धित परिचयपत्रका साथ उपस्थित हुन शाखाले अनुरोध गरेको छ।