जनादेशबाट अस्वीकृत कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल: पोखरेल



अर्घाखाँची,असार २९ । नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गर्नु भएको छ ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको हो ।

पोखरेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहस्य थप खुल्दै जाने पनि जिकिर गरेका छन्। नाटक अझै बाँकी रहेकोले यस घटनाको थप पटाक्षेप हुँदै जाने लेख्नुभएको हो ।

पोखरेलले लेख्नुभएको छ ,‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ। किनकि नाटक अझै सकिएको छैन।’

प्रतिक्रिया दिनुहोस्