जनादेश मेरो पक्षमा, सर्वोच्चको परमादेश देउवाको पक्षमा : प्रधानमन्त्री ओली
काठमाडौ,असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको परमादेशका कारण आफू सरकारबाट बाहिरीन लागेको बताएका छन् ।
प्रधानमन्त्रीबाट विदा हुनु अगाडि राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्चको परमादेश देउवाको पक्षमा देखिएको बताए ।
उनले आफ्नो नेतृत्वमा देशले चौतर्फी विकास गरेको, जनताले राहत महसुस गरेकाले पनि आफ्नो कामप्रति खुसी रहेको बताए । अहिले उनको संवोधन जारी छ ।