संयुक्त सरकार देउवाको नेतृत्वमा बनाउने गठबन्धनको निर्णय
काठमाडौ,असार २८ । संयुक्त सरकार नेपाली काङ्ग्रेसका सभापति सेरबहादुर देउवाको नेतृत्वमा बनाउने गठबन्धनले निर्णय गरेको छ। सोमबार कोटेश्वरस्थित माधव कुमार नेपाल निवासमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि मंगलबार नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो ।
संसद पुनस्स्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको हो । बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जनता समाजवादी पार्टी जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।
‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ’, डा. भट्टराईले भने ।