वाग्मती प्रदेशको बजेट बहुमतले पारित
काठमाडौ,असार २७ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको छ ।
आइतबार प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो । साँझ विनियोजन विधेयक निर्णयार्थ पेश गर्दा सत्तारुढ नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी मात्र प्रदेशसभाको बैठकमा सहभागी थिए ।
विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
आइतबार नै भएको बजेटमाथिको छलफलमा विपक्षी दलले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए ।