नुवाकोटका पत्रकारद्वय गमला र भगवती लामालाई पितृ शोक
नुवाकोट,असार २७ । नुवाकोटका पत्रकारद्वय गमला लामा र भगवती लामालाई पितृ शोक परेको छ। साविक रातमाटे गाउँ विकास समिति वडा नम्बर ४ का पूर्व वडाध्यक्ष समेत रहेका पत्रकारद्वय लामाको पिता गम्भीरमान लामाको निधन भएको हो ।
शनिबार काठमाडौंको ग्रिनसिटी हस्पिटलमा उपचारका क्रममा लामाको ४७ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
बेलकोटगढी नगरपालिका-७ का स्थायी बासिन्दा लामालाई केही दिन अघि स्वास्थ्यमा समस्या आएपछि नुवाकोटमै उपचार गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि उनलाई काठमाडौं लागिएको थियो ।
लामा रेडियो संजीवनीका स्टेशन म्यानेजर र समाचार प्रमुख पत्रकार द्वय गमला लामा र भगवती लामाका पिता हुन् । लामा साविक रातमाटे गाविस-४ का नेपाली काँग्रेस पार्टीका पूर्व वडाध्यक्ष एवं महादेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुन् ।
पत्रकार लामाद्वयको पिताको निधनप्रती दुख व्यक्त गर्दै जनजाति पत्रकार महासंघ नुवाकोट र पत्रकार महासंघ वाग्मती प्रदेशले शोक वक्तव्य समेत जारी गरेको छ।
पिता गम्भिरमान लामाको निधनप्रति साझापथ मल्टिमिडिया परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनी प्रार्थना गर्दछौं।