मानव बेचबिखनः पीडितको उजुरीपछि खुल्यो रहस्य



काठमाडौं, असार २७ । मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ती युवतीलाई भारत, म्यानमार, थाइल्यान्ड हँुदै कम्बोडिया पु¥याएको अभियोगमा धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई धनकुटाबाट पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी अभियुक्त राईले कम्बोडियाको कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई ती युवतीलाई चिनियाँ नागरिक बस्ने एक घरमा बस्थे ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्