संसद पुनस्थापनाको माग गर्दै नेबिसंघले गर्यो प्रदर्शन
काठमाडौं,असार २६ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले काठमाडौंको बानेश्वरमा सरकार बिरुद्व प्रदर्शन गरेको छ।
संसद विघटनको असंवैधानिक कदमको बिरोध गर्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन।
नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसका इकाईका अध्यक्ष सरोज तिमल्सिनाको नेतृत्वमा प्रदर्सन उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्री केपि शर्मा ओलिका विरुद्धमा चर्को नारावाजी समेत गरेका थिए।
उनिहरुले पछिल्लो समय दिनप्रतिदिन पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिलाई नियन्त्रण गर्न पनि सरकार सँग माग गरेका छन। संसद विघटन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध निषेधाज्ञा खुकुलो भए सँगै विपक्ष दलका पाच विद्यार्थी संगठन पनि सडक संघर्षमै छन।